आज :

सी का विश्वासपात्र ली चियाङ चीनको नयाँ प्रधानमन्त्रीमा निर्वाचित, आजबाट कार्यभार समाल्दै

  • अनलाइन डबली

काठमाडौं । ली चियाङ चीनको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । तेस्रो कार्यकालको लागि राष्ट्रपतिमा निर्वाचित भएपछि सी चिनफिङले लीलाई नयाँ प्रधानमन्त्रीको लागि प्रस्ताव गरेका थिए ।

नेशनल पिपुल्स कङ्ग्रेसले लीलाई निर्वाचित गरेको थ‍ियो । संसदमा लीको पक्षमा दुई हजार ९ सय ३६ जना र विपक्षमा तीन जनाले मत दिएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् । आठ जना सदस्य अनुपस्थित थिए ।

ली प्रधानमन्त्रीमा निर्वाचित भएसँगै ली खछ्याङ बिदा भएर आजबाट जिम्मेवारी समाल्दैछन् । ६३ वर्षीय ली अब राष्ट्रपति सी पछिको दोस्रो दर्जामा रहनेछन् । यसअघि उनि आर्थिक राजधानी भनिने सांघाइको प्रमुख थिए ।

लीलाई राष्ट्रपति सीले उत्तराधिकारीको रुपमा अगाडि ल्याएको चर्चा हुन थालेको छ । ली व्यवहारवादी नेताका रूपमा परिचित छन् । उनी राष्ट्रपति सीको सहयोगीको रुपमा रहँदै आएका छन् ।

सीले आफ्नो गति पकड्न सक्ने नेताहरुको टीम बनाएको प्रधानमन्त्री र सभामुखलगायतका पदमा आफ्नो गति पकड्न सक्ने नेताहरुलाई अगाडि ल्याएका छन् ।

माओत्सेतुङपछि चीनमा दुई कार्यकाल भन्दा बढी एउटै पदमा रहने पहिलो नेता सी भएका छन् । उनलाई माओपछिको शक्तिशाली नेताको रुपमा पनि परिभाषित गरिएको  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal