आज :

सी तेस्रो कार्यकालको लागि चीनको राष्ट्रपतिमा निर्वाचित, माओ पछिको शक्तिशाली नेताको सूचीमा

  • अनलाइन डबली

काठमाडौँ । चीनको नयाँ राष्ट्रपतिमा पुनः सी चिनफिङ निर्वाचित भएका छन् । चीनको संसद्, नेशनल पिपुल्स कंग्रेस (एनपीसी) ले सी तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित गरेको हो ।

एनपीसीका झन्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा मतदान गरेको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् । एक घण्टासम्म मतदान चलेको थियो भने १५ मिनेटमा गणना सकिएको थियो ।

सन् २०१८ मा चीनको संविधानमा परिवर्तन गरेर राष्ट्रपति बन्ने सीमा संशोधन भएसँगै सीलाई तेस्रो कार्यकालको लागि बाटो खुलेको थियो ।

राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि सीले सोमबार संसद्को वार्षिक अधिवेशनमा सम्बोधन गर्ने भएका छन् ।
सन् २०१३ मा सी पहिलो पटक चीनको राष्ट्रपति बनेका थिए । त्यसपछि सन् २०१८ मा उनी दोस्रो कार्यकालको जिम्मेवारी समालेका थिए ।

आधुनिक चीनका पिता माओत्सेतुङपछि सी देशको सबैभन्दा शक्तिशाली नेता बनेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal