आज :

प्रचण्ड तानिए तत्कालिन राजादेखि सात दल पनि कठघरामा उभिनुपर्छः वरिष्ठ अधिवक्ता बिडारी (भिडियो)

  • अनलाइन डबली

काठमाडौं । वरिष्ठ अधिवक्ता रामनारायण विडारीले सर्वोच्च अदालतको पछिल्लो आदेश विस्तृत शान्ति सम्झौताको भावना र मर्म विपरित रहेको बताएका छन् । शनिबार अनलाईन डबलीसँग कुराकानी गर्दै प्रचण्डलाई फसाउँदा तत्कालिन् राजा र सात दल पनि सँगै फस्ने कुरा सबैले बुझ्नु पर्नेसमेत बताए ।

पूर्व सांसदसमेत रहेका विडारीले भर्खरै अन्य केही उच्च ओहदाका व्यक्तिहरुलाई अदालतको माध्यमबाट बहिरगमन गरेजस्तै प्रचण्डलाई पनि सत्ताच्युत गर्न सकिने असम्भव डिजाइन रहेको जिकिर गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई छुनु भनेको विस्तृत शान्ति सम्झौता र सत्य निरुपण तथा मेलमिलाप आयोग(टिआरसी)को खिलापमा जानु भएको बताउँदै भने,“प्रचण्डलाई सर्वोच्चले कुनै पनि हालतमा छुन सक्दैन, किनभने उसले जुन आधारमा टेकेर आदेश दिएको छ, त्यो अदालतको क्षेत्राधिकार भित्र पर्दैन, बरु उसले टिआरसीतिरै तेस्र्याउनु पर्छ ।”

सर्वोच्चले आदेश दिइसक्यो आइतबार नै रिट दर्ता हुन्छ र उहाँलाई अनुसन्धानमा राखिहाल्छ भन्ने व्यापक चर्चा छ नि, भन्ने प्रश्नप्रति प्रश्न गर्दै विडारी ले भने,“के अदालतले अनुसन्धान गर्ने हो ? कस्ले किटानी जाहेर गरेको छ ? भाषणमा बोलेकै आधारमा प्रक्रिया पुग्छ ? यो भ्रम फैलाउने मेसो हो, कसैको खेतीपातीको निरन्तरता मात्रै हो ।”

केही अमुख व्यक्ति र शक्तिहरुले राजनीतिक अस्थिरता निम्त्याएर देशमा द्वन्दमा होम्दै स्वार्थ पूर्तिको नीम्ति षड्यन्त्र हुनसक्ने कुरा भने नकार्न नसकिने बताउँदै सबै सचेत हुनुपर्ने धारणा राखे । उनले बाहिर माओवादी वृत्तमा अदालतको आदेशले निकै ठूलो तरंग मच्चिए पनि खासै अत्ति हाल्ने विषय नरहेको उनको जिकिर छ । तर, माओवादीमा भएको टुटफुट र संस्थागत भन्दा स्वार्थ समुहहरुको आत्मकेन्द्रीत गतिविधिको परिणाम नै प्रचण्डमाथिको पछिल्लो प्रहार सामान्य भएपनि गम्भिर र महँगो सावित हुन सक्नेमा चिन्ता व्यक्त गरे । सबै माओवादीहरु एक ठाउँमा आएर शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु पर्नेमा जोड दिँदै भने,“प्रधानमन्त्री प्रचण्डलाई खुचिङ भन्ने पनि कोहि होलान्, तर यो टाउको माथिकै प्रहारको रिहरसल हो, त्यसैले बेलैमा वैद्य,विप्लव, धर्मेन्द्रजीहरु एकठाउँमा आएर शान्ति प्रक्रिया टुङ्गो लाउनु पर्छ ।”

बारबार प्रचण्ड नै सरकार र सत्तामा जाने अरु विषयमा जोड दिने तर शंक्रमणकालीन् न्याय तथा शान्ति प्रक्रिया जस्तो मुख्य विषयलाई नै ध्यान नदिँदा आजको समस्या आएको विडारीको आरोप छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal