आज :

दासतादेखि इन्क्लाबसम्म !

अचेल
जताततै फस्टायको छ लुटको पसल
हराउदै छ हरियाली घट्दै गयो फसल।
जन्मदाको अस्पतालदेखि
मरेर चीर आराम गर्ने आर्यघाट सम्म
इहलोकदेखि
यमलोकसम्म
कसैले न देखेको अमीरहरु जाने स्वर्गदेखि
पापकुण्ड भनेर तर्साउने गरेको कथित नर्कसम्म
खेतबारीदेखि घरबारीसम्म
बन्दुकदेखी जुलुससम्म
दासतादेखी इन्क्लाबसम्म
जहासुकै मौलाउदो छ लुटको धन्दा।

हामी लुटिएनौं
बलवान अङ्ग्रेजसँग नालापानीमा
चुच्चे नक्सामार्फत आँसु झार्न बिबस कालापानीमा
हामी पुर्ब जाऔं,
सुखानीको सुगन्धले सगौरब छाती फुलाउछौं
पश्चिमको थवाङ्गसँग नतमस्तक हुन्छौं
सहिद गेटमा
राजाको पैतला मुन्तिर
अजम्मरी चार सपुतलाई
प्रत्येक बार्सीकीमा
मुठ्ठी उठाउनु र एक मिनेट मौनता साध्नु
हाम्रो नियती चलीनै रहेको छ।

जसको आदेशमा
जुलुस निकाल्यौं
मार्चपास गर्यौ
एक सुनौलो सपना साकार पार्न
बुल्डोजर चढायौं छातीमा
`उ´भने जहिले सुकै
घोडा पछारेर आफू चै सवार हात्तीमा
भुइमान्छेहरुको
हालत र आक्रोश
न त भनी सक्नु छ न त लेखिसक्नु।

लुट्नुको पनि सीमा हुन्छ
गरिखानेहरुको जागर लुटियो
बाउ बाजेको पौरख लुटियो
सुकुम्बासीको रासन लुयियो
वीर योद्धाहरुको कासन लुटियो
हुँदाहुँदा
आकास छुने सपनाहरुको कत्लेआम गरियो।
आउनुस्
फुटको रसातलमा बस्ने कचहरीमा बम हानौं
लुटका पसलहरुमा भोटे ताल्चा लगाऔं।

फाल्गुन १८, २०७९

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal