आज :

क्यान इन्फोटेक-२०२३ मा प्रविधिप्रेमीहरूको आकर्षण

  • अनलाइन डबली

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल महासंघ क्यानको २८ औं संस्करणको सूचना प्रविधिको ठूलो मेला क्यान इन्फोटेक-२०२३ काठमाडौंको भृकुटीमण्डमा जारी छ ।

मंगलबारदेखि सुरु भएको मेलामा प्रविधिप्रेमी अवलोकनकर्ताको संख्या दिनदिने बढ्दै गएको छ । दैनिक हजारौंको संख्यामा अवलोकनकर्ताको सहभागिता हुदै आएको आयोजकले जनाएको छ ।

दैनिक रुपमा देखिने चिजबिजमा भन्दा पनि मेला अवलोकनकर्ताको रोजाइ रोबोटिक्स, स्टार्टअप कम्पनी, गेमिङ लगायतका नयाँ प्रविधिमा बढी देखिएको छ । त्यस्तै मेलामा राखिएका नेपाली स्टार्टअप र इनोभेसनबारे बुझ्न चाहने अवलोकनकर्ताको संख्या पनि उल्लेख्य छ ।

मेलामा स्टार्टअप प्याभिलियनमा २० भन्दा बढी कम्पनी सहभागी छन् । त्यस्तै इन्फोटेकमा राखिएको कलेज प्याभिलियनमा विद्यार्थीका आइडिया र परियोजना समावेश छन् ।

१५० भन्दा बढी स्टल रहेको मेलामा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी, हार्ड डिस्क, एनिमेशन मल्टीमिडिया जस्ता उत्पादनका स्टल समेत छन् ।

क्यानले प्रविधिका क्षेत्रमा भएका नवीनतम सोचलाई प्रवद्र्धन गर्न स्टार्टअप कम्पनीहरुलाई विशेष प्राथमिकतामा राखेको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal