उधारो जिन्दगी ,उधारो समय , उधारिएको म
वाचनको तिर ,व्यबहारको तिर , आफै टालिएको म
पुर्वको सोच्ने म , पश्चिमको सोच्ने म
सोचाइका डोरीसङौ अल्झिएको म
बतासले मलाई उढाउदा बतासलाई रोक्न खोज्ने म
कसैले नसम्झिदा आफै सम्झिने म
सपनाहरूलाई पछ्याउदा बाध्यताले लखाटेको म
पैताला दुखेको हास्दै थाकेको म ।।
फुललाई छुन नपाएको म
काडालाई छुन नचाहेको म
स्वतन्त्र कहिले नपाएको म
बन्देज कहिले नचाहेको म
उड्दा पखेटा काटिएको म
बस्दा ठुलाबाट च्यापिएको म
मलाई मैले सम्झाउदै गर्दा मलाई मैले प्रश्न गरेको म।।
अर्काले सोधखोज गरेको म
घरकाले अपशोच गरेको म
प्राकृतिक सङै बिर्सिएको म
गाउसहरमा निशासिएको म ईश्वरको लिला ,दैबको देन नमानेको म
जिन्दगी सानो ,सोची रमाउन नजानेको म
कहिलेकाही यहि सवालमा रोकिन्छु सान्चै हो नि कलियुगको मान्छे म ।।
मुस्कुराउनु पेशा बनिसकेको म
लुट्नुहोस् आफैले भनिसकेको म
जिउँदै जलाउ ,जिउँदै खाउ परिकारमा गनिसकेको म
समयलाई रोकेर हिडेको म
आफैलाई जोखेर बेचेको म चौतारी बनेको म
दौँतरी बनेको म आज एक्लै आफै सङ बिसाए बादल भेटिए ,आकाश छेकियोको,
धर्ती अधेरिएको म मन निराश आफै थाकेको म ।।