आज :

करेन्ट लागेर सिन्धुपाल्चोकमा एकको मृत्यु

  • अनलाइन डबली

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ बगर खोलास्थित गुम्बा गाउँ नजिकै ११ हजार भोल्टेजको हाइटेन्शन लाइन बनाउने क्रममा करेण्ट लगेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँस्थित सिता हाइड्रोपावर कम्पनीमा काम गर्ने बर्दिया गुलरीया नगरपालिका ८ घर भएका २२ वर्षीय सरोज थारु रहेका छन् । उनको शनिबार साँझ घटनास्थलमै मृत्यु भएको हो ।

त्यसैगरी, गुल्मीको इस्मा गाउँपालिका १ मल्दी बस्ने ८४ वर्षीया पवित्रा खत्रीको आगलागीमा परी मृत्यु भएको छ । उनको जलेर शनिबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै घरमा खाना पकाउने क्रममा कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal