काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो ।
यस्तै, गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज १२ सय ९० रुपैँयामा कारोबार भईरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।