
काठमाण्डाै। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका लागि आफू सधैँ ‘फ्रन्ट लाइन’मा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रवार आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन् ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियता, सङ्घीयता र जनजीविकाका विषयवस्तु समेटेर ज्ञापनपत्र बुझाएका थिए । ।
भेटमा केसी नेतृत्वको टोलीले पछिल्लो समय बाग्लुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि चार जनाको हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । साथै अन्य जिल्लाहरूमा पनि गरगहना लुटपाटका घटना घटेको र महिलाहरू असुरक्षित भएको भन्दै जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको हो।जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्रीलाई भेटी राष्ट्रियता, सङ्घीयता र जनजीविकाका सवालहरू समेटेर ज्ञापन पत्र पेस गरेका थिए ।
जनमोर्चाका नेताहरूसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो राजनीतिक जीवन राष्ट्रिय, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको स्मरण गराउँदै सङ्घीयताबाहेक अन्य सबै मुद्दाहरू आफू जनमोर्चासँगै रहेको बताए ।