
काठमाडौं । उच्च अदालत पाटनले नेपाल विद्युत प्राधिकरणलाइ इन्टरनेटको तार नकाट्न आदेश दिएको छ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले हालेको रिटमा न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले ऊर्जा मन्त्रालयसहितका विपक्षीको नाममा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश गरेको हो ।
आइस्पानले नेपाल विद्युत प्राधिकरणले पटकपटक आफूहरुको तार काट्नेदेखि इन्टरनेट उपकरण जफत गर्नेलगायतका काम गरिरहेको भन्दै निषेधाज्ञायुत आदेश जारी गर्न माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेको थियो।
इन्टरनेट सेवा प्रदायक र विद्युत प्राधिकरणबिच लामो समयदेखि पोलभाडासम्बन्धी विवाद कायमै छ। पोलभाडा नतिरेको तथा सम्झौता नवीकरण नगरेको भन्दै विद्युत प्राधिकरणले देशका विभिन्न भागहरुमा इन्टरनेटको तार काट्दै आएको छ। जसका कारण इन्टरनेट सेवा अवरुद्ध हुँदै आएको छ।
उच्च अदालत पाटनले फागुन १६ गते अर्को पेसी तोकेको छ। सो अवधी सम्म बिपछी विद्युत प्राधिकरणका नाममा सेवा अवरुद्द हुने गरि इन्टरनेटको तार नकात्न यो आदेस दिएको हो ।