
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।
बिहिबार बिहान अस्पताल पुगेर देउवा र घिमिरेले आगोले जलेर घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
साथै सभामुख घिमिरेले उपचारमा कमी हुन नदिन र संवेदनशील हुन ध्यानाकर्षण गराउनुका साथै स्वास्थ्य लाभको कामना गरेका छन् ।
सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका थिए । उनीहरूको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । साथै उनको उपचार नेपालमा सम्भव नहुने अस्पतालले जनाएतापनि भण्डारीले नेपालमै उपचार गराउने मनसाय व्यक्त गरेको पारिवारिक स्रोतले जनाएको छ ।