आज :

निर्मला कुर्मीको हत्या छानबिन गर्ने सरकारको सहमतिपछी आन्दोलन स्थगित

  • अनलाइन डबली

काठमाडौं । निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौंको माईतीघरमा आन्दोलन गर्दै आएका अधिकारकर्मीहरुले ४८ औ दिनमा  आन्दोलन स्थगित गरेका छन् ।

विगत लामो समयदेखि हत्यारालाई कारबाहीको माग गर्दै  आन्दोलन गर्दै आएका उनीहरुलै तत्कालका लागि आज (बुधवार) बाट आन्दोलन स्थगित गरेका हुन् । मंगलवार राज्यसँग ३ बुँदे सहमति भएसँगै उनीहरुले आजबाट आन्दोलन स्थगित गरेका छन्  । सरकारले  निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी जाहेरीसँग सम्बन्धित कसुरको अनुसन्धान गर्नको लागि मुलुकी फौजदारी कार्यविधि संहीता २०७४ को दफा १२ बमोजिम विशेष अनुसन्धान टोली गठन गरी गहन र विस्तृत अनुसन्धान गरी दोषीको मुद्दा चलाउने आन्दोलनरत संग सहमति गरेको  छ ।

यसैगरी आन्दोलनरत पक्षले अनुसन्धान प्रक्रियाको समीक्षा गर्नेगरी न्यायिक जाँचबुझ आयोग गठनको मागलाई तत्कालका लागि थाँती राख्दै हाललाई तेस्रो चरणको ४८ दिनदेखिको धर्नासहितको आन्दोलन स्थगित गर्ने र आन्दोलनरत पक्षका व्यक्तिहरुको जिउ ज्यानको सुरक्षाको लागि सुरक्षा संयन्त्रको उचित समन्वय र प्रवद्र्धन गर्ने सहमति भएको छ ।

अधिकारकर्मी रुबी खान सहित १४  अधिकार कर्मीले कंचनपुर देखि पैदल हिडेर काठमाडौँको माइती घर मण्डलामा धर्नामा बसेको यो तेस्रो पटक को आन्दोलन हो । सरकारले पटक पटक छानविन गरि दोषी उपर कारवाही कारवाही गर्ने आस्वाशन गर्ने सहमति गरेता पनि कार्यान्वयन नहुदा यो पटक  आन्दोलनमा बस्ने परेको उनिहरु बताउ छन् ।

लालटिन बालेर सरकार खोजेको ४७ दिन पार गरेर  ४८ औ  दिनमा सरकारले सहमति गरेता पनि आफुहरुलाई पूर्ण विश्वास नभएको अधिकार कर्मी रुबी खान बताउछिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal