
काठमाडौँ । ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै यातायात व्यवसायीले गोंगबुँ माछापोखरी क्षेत्रमा सोमबार गरेको प्रदशनका क्रमामा प्रहरीको गाडी , प्रहरी बिटलागएत सावजनिक सम्पत्तिमाथि आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
घटनामा संलग्न हुने व्यक्तिहरूको विभिन्न सामाजिक सञ्जालहरूमा पोष्ट गरीएका भिडियोहरूको आधारमा हुलिया पहिचान गरी खोजतलासका क्रममा मंगलबार बालाजु माछापोखरी क्षेत्रबात उनिहरू पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँले आज प्रक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै उनीहरु उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौ जिल्ला अदालतवाट दिन ३ म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको जानकारी दिएको छ ।
यसै गरि उक्त घटनामा संलग्न संदिग्ध ९/१० जना अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ तथा छानविन कार्य भईरहेको छ ।