
पदम श्रेष्ठ –
काठमाडौँ । मान्छे जन्मन्छ र एक दिन मृत्यु हुन्छ अवश्य पनि । मृत्युको कारण जे पनि हुन सक्छ तर कसैको मृत्यु सिमलको भुवा भन्दापनि हलुको मृत्यु हुन्छ ,जसरीकी उ जन्मन्छ ,संसारका ८ अर्ब मानिस जन्मिरहेका छन् । खान्छ पिउँछ ,नित्य कर्म गर्छ । उ मोटाउछ ,दुव्लाउछ । सिमित मानिसहरुका बीच उ रमाउँछ दुःखी हुन्छ ,रोग भोक र सोकमा दुव्छ दुबाउँछ र एक दिन अस्ताउँछ । अर्को मृत्यु हुन्छ जीवनका हरेक पल समय अर्काको लागि , समाज ,राष्ट्र र दुनियाँकै लागि हुने असल कर्म गर्छ र उसको मृत्युले गहु्रँङगो छाप छोड्ने गर्दछ । यस्ता थोरै मृत्युहरुमध्येको एक मृत्यु हो , स्व. विप्लभ अधिकारीको पनि । त्यसैले त उनको नाउँमा समाजले टोलबासीहरु समेत मिलेर ललितपुरको तिखेदेवल थसिखेल मार्गमा पर्ने चोकलाई विप्लभ अधिकारी चोक नामाकरण गरी घोषणा गरिदिए । कुसुन्ती नजिकको सो चोकलाई विप्लभको नामाकरण गर्नुको पछाडी सर्वेभवन्तु सुखिन सर्वेसन्तु निरामयको ठुलो दर्शन लुकेको छ । १९ वर्षिय विप्लभ अधिकारीले आफ्नो ज्यानको पनि प्रवाह नगरी आगोको लप्काबाट निकालेर स्थानिय लिम्बु दम्पतिलाई बचाउन त सफल भए तर उनि आफैं चाही आगोको त्यो लप्काबाट उम्कन सकेनन् ।
ललितपुर महानगरपालिका–१४ थसिखेलका विप्लभ अधिकारीको स्मृतिमा सो कुरा सार्वजनिक भएको हो । “स्व.विप्लभ अधिकारीका पिता ठाकुर अधिकारीले त छोराको पढाई तथा तालिमको लागि भनेर बचाएर राखेको २० लाख रुपियाँको उद्धार तथा राहत कोष”को सो सभामा घोषणा गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पुर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की , नेपाल प्रहरी महिला संघकी अध्यक्ष कुसुमलता सिंहलगायतका व्यक्तित्वले स्व. अधिकारीको योगदानबारे विचार विमर्स गरिएको थियो ।
यज्ञमार्ग टोल विकास समितिद्वारा सोमवार ललितपुरमा आयोजित कार्यक्रममा राष्टि
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले टोलमा आगलागी जस्तो विपद्को घटनामा वृद्ध दम्पतीको ज्यान बचाउन सफल सहयोगी विप्लभ अधिकारीका परिवारले त्यस्तै घटनामा परेकाका उद्धार तथा सहयोग कोषको घोषणा गरेर उदाहरणीय काम गरेको बताउनुभयो ।
उहाँले सहयोग गर्दा गर्दै ज्यान गुमाउन पुगेका युवाको स्मृतिमा परिवारले स्थापना गरेको कोषमा प्रक्रिया पु¥याएर महानगरपालिकाले वडामार्फत थप राशीका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । साथै विप्लभ अधिकारीको घर रहेको टोलको चोकलाई ”विप्लभ अधिकारी चोक” घोषणा गरिएकोमा गुगलमा सर्च गर्दा देखिने बनाउने प्रक्रियाका लागि पनि महानगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
विप्लभ अधिकारीका पिता ठाकुर अधिकारीले छोरो अत्यन्त सरल र सहयोगी भावनाका रहेको बताउनुहुँदै छोरालाई गुमाउनुको पिडाबाट त परिवारले कहिल्यै राहत पाउने छैन, तर उसको नामलाई कालजयी बनाउन परिवारले राहत कोषको स्थापना गरेको बताउनुभयो ।
उहाँले विप्लभको उपचारका क्रममा टोल छिमेक, आफन्तले दिएको नगद सहयोग र विप्लभको शिक्षाका लागि जम्मा गरेको नगद गरी २० लाख रूपियाको कोष बनाएर कार्यविधी अनुसार खर्च गर्ने उद्देश्यले घोषणा गरिएको “स्व.विप्लभ अधिकारी उद्धार तथा राहत कोष”लाई पारिवारिक होइन, राष्ट्रव्यापी बनाउने चाहना व्यक्त गर्नुभयो ।
अधिकारीले छोरा विप्लभको भौतिक शरीर रहेन, विपद्मा परेका वृद्ध दम्पतीलाई सकुशल उद्धार गरेर उपचारको क्रममा ज्यान गुमाएको छोराको आफ्नै नामबाट चिनिने इच्छालाई साकार पार्न परिवारको तर्फबाट चालेको यस कदममा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।