
काठमाडौँ ।ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै यातायात व्यवसायीले सडक अवरुद्ध गरेका छन्।
पाँच पटक सम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियम विरुद्ध यातायात व्यवसायी तथा मजदुरले सडक अवरुद्ध गरेका हुन्।
ट्राफिक नियम प्रति असन्तुस्ट यातायात मजदुरले आज बालाजु माछा पोखरी क्षेत्रमा सडक अवरुद्ध गरेर आन्दोलन गरेपछि निकै बेर यातायात अस्त ब्यस्त बने । सवारी साधन सडकमा तेर्साए आन्दोलित बनेका मजदुरहरूले प्रहरीको गाडी समेत तोडफोड गरेका छन्।