
काठमाण्डाैबात हेटौडा जाने छोटो मार्गको फर्पिङ- हुमाने खण्ड र दक्षिणकाली – छैमले -सिस्नेरी खण्डका सडक मर्मतका लागि दुई महिना बन्द गरिएको छ । सडक निर्माण छितो सकिन आज फागुन १ गतेदेखि २ महिनासम्म यी सडक खण्डमा यातायात सेवा बन्द गर्ने निर्णय पनि गरिएको छ ।
वैकल्पिक सडकको रुपमा कान्ति लोकपथ तथा थानकोट–चित्लाङ्ग-मार्खु–कुलेखानी–भिमफेदी खण्डबाट यातायात सञ्चालन गर्ने र यी समग्र कामको समन्वय भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने निर्णय भएको छ ।
यो छोटो दूरीको मार्ग निर्माण गर्नका लागि बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कार्यालयहरुले विभिन्न ठाउँमा ठेक्का लगाएर काम भइरहेका छन् ।