काठमाडौं । सरकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिब बिदा दिएपनि नेपाल राष्ट्र बैंक्ले बैंकिङ तथा वित्तीय सेवा नरोक्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले सोमबार अत्यवश्यक बैंकिङ सेवा नरोक्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न विहान १० बजेदेखि अपराहृन १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले जारि गरेको सुचनामा भनिएको छ ।


अनलाइन डबली


