आज :

टर्की-सिरिया भूकम्पः मृत्यु हुनेको संख्या २४ हजार पुग्यो

  • अनलाइन डबली

काठमाडौं । टर्की – सिरियामा भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या २४ हजार पुगेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार सोमवार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बताएका छन् ।

भूकम्पपछि सो क्षेत्रमा बर्षा भइरहेको र चिसो निकै बढेको बताइएको छ । उद्दारकार्य जारी रहेको छ । अन्तर्राष्ट्रिय प्रभावित क्षेत्रमा पुग्न नसक्दा घाइतेको र जीवितको अवस्था पनि नाजुक भएको बताइएको छ ।

उद्धारकर्ताले भग्नावशेषबाट केहीलाई जीवितै उद्धार गरिरहेका छन् । भूकम्प गएको ९० घण्टापछि एक जना नवजात शिशु र उनकी आमाको जीवितै उद्धार भएको छ । यसअघि भूकम्प गएपछि भग्नावशेषभित्र जन्मिएकी एक शिशुको ३० घण्टापछि उद्धार भएको थियो ।

यस्तै, १ सय ४ घण्टापछि एक जना ६० वर्षका पुरुषको जीवितै उद्धार गरिएको उद्धारकर्ताले जनाएका छन् । टर्कीको दक्षिणी हाते प्रान्तमा भग्नावशेषमा पुरिएका ६ जनालाई पनि जीवितै उद्धार गरिएको बीबीसी हिन्दीले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा विश्वभरबाट राहत तथा सहयोग पुग्ने क्रम चलिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal