काठमाडौं । रुसी सेनाले युक्रेनमाथि पछिल्ला हप्ताकै सबैभन्दा ठूलो हमला गरेको छ । युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेनाले एकै पटक ७१ वटा क्रुज मिसाइल, ३५ एस-३०० मिसाइल र सात शााहेद ड्रोन प्रहा गरेको छ ।
उक्त हमलाको पुष्टि युक्रेनी सैन्य प्रमुख जनरल भ्यालेरी जालुज्नीले गरेका छन् ।
युक्रेनले फेरि लुहान्स र डोनेस्टका केही क्षेत्रमा पश्चिमा देशहरुले दिएका हतियार र जनशक्ति तैनाथ गर्न थालेपछि रुसी सेनाले भिषण हमला गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
हमला अमेरिकाले दिएका अत्याधुनिक हतियार भण्डार, तालिमलाई लक्षित गरेर गरिएको रुसी संचारमाध्यमहरुले बताएका छन् ।