आज :

उपप्रधानमन्त्री श्रेष्ठको राम्रो कदमः उपत्यकामा सडक र पूर्वाधार निर्माणमा मनपरी अन्त्य

  • अनलाइन डबली

काठमाडौं। उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडक र पूर्वाधार निर्माणको क्रममा भइरहेको अराजकतालाई रोक्ने कदम उठाएका छन् । भाैतिक पूर्वाधार मन्त्रालयलले पहल नलिदा सडक तथा पूर्वाधार निर्माणको नाममा मनपरी चल्दै आएको थियो ।

मन्त्री श्रेष्ठले उक्त मनपरीको अन्त्य गर्न काठमाडौं उपत्यकास्थित सडक र पूर्वाधार निर्माणसँग सम्बन्धित निकायहरूको साझा प्रतिनिधित्व रहेको समन्वय समितिको बनाएका थिए । समितिको नियमित बैठक शुक्रबार भौतिक पूर्वाधार र यातायात मन्त्रालयमा सम्पन्न भएको छ।

मन्त्री श्रेष्ठले एकीकृत बागमती सभ्यता, विद्युत् प्राधिकरण, सडक डिभिजन, महानगर, सडक विभाग, केयुकेएल, मेलम्ची खानेपानी, खानेपानी संस्थान, नेपाल टेलिकम, इन्टरनेट सेवाप्रदायक कम्पनीलगायतले सडक तथा सार्वजनिक ठाउँमा निर्माणसम्बन्धी काम गर्दा र समयमै निर्माण फिनिसिङ नगर्दा वर्षौदेखि नागरिकले भोग्दै आएको सास्तीको अन्त्य गर्न मन्त्रालयको जिम्मेवारी समालेलगत्तै पहल लिएका थिए ।

समितिले तिनकुनेस्थित बागमती पुल र बिजुलीबजार–धोबीखोला पुलमुनिको करिडोर तत्काल सुचारु गर्न प्रभावकारी समन्वय गर्नेछ। विद्युत् प्राधिकरणबाट सञ्चालित आयोजनाहरूको काम सकिएपछि सडकलाई पुरानै अवस्थामा पुर्‍याउन समन्वय गर्नेछ। उपत्यकाभित्र सञ्चालनमा रहेका प्रदेश सरकारका आयोजनाहरूको कार्यान्वयन गर्न समन्वय गर्नेछ। र, उपप्रधान एवम् भौतिकपूर्वाधार तथा यातायात मन्त्रीसमक्ष कुन निकायले कहाँ काम गर्दै छ भन्नेबारे रिपोर्टिङ गर्नेछ।

अबदेखि उपत्यकामा सडक तथा पूर्वाधार निर्माण गर्दा सम्बन्धित निकायले काम सुरु गर्नुपहिले समितिलाई जानकारी गराउनुपर्नेछ र समन्वय समितिले कहाँ, कुन निकायले, के गरिरहेका छन् भन्नेबारे मन्त्रालयमा दैनिक रिपोर्टिङ गर्नुपर्ने छ। कुनै निकायले अर्को निकायको जानकारी बिना नै सडक खन्ने, तार वा पाइप भूमिगत गर्ने, ढल खन्ने, फुटपाथ भत्काउने गर्दा सर्वसाधारणलाई ओहोरदोहोरमा सास्ती पुगेको, सडक जीर्ण भएको, निर्माण सामग्री भद्रगोल अवस्था छाड्ने गरेको, बजेटको दुरुपयोग हुने गरेको र समयमै काम नसकिको जस्ता समस्या अन्त्यको लागि समन्वय समितिले काम सुरु गरिसकेको छ।

उपप्रधानमन्त्री श्रेष्ठले हरेक १५ दिनको नियमित बैठकमा आउँदा समस्या होइन, समस्याको पहिचान र समाधान भैसकेको फेहरिस्त लिएर आउन समितिलाई आग्रह गर्नुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर डा. विजय जैसीको संयोजकत्वमा गठित समितिमा काठमाडौं महानगरपालिकाबाट सुरेशकुमार राई, उपत्यका विकास प्राधिकरणबाट सज्जन कुँवर, ललितपुर महानगरबाट कुमार महर्जन, बागमती सभ्यता एकीकृत विकास समितिबाट मिहिरचन्द्र आचार्य, पिआइडीबाट रवीन्द्र पोखरेल, विद्युत् प्राधिकरणबाट राजन ढकाल, नेपाल टेलिकमबाट प्रकाश मानन्धर लगायत सदस्य रहेका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal