
धनगढी । हिजो अन्तिमा आएर स्थगित गरिएको विश्वासको मत सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज लिँदै छन् । आज दिउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने तयारी भइरहेको सुदूरपश्चिम संसद् सचिवालयले जनाएको छ ।
सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीलेे अनुपस्थित हुने भएपछि मुख्यमन्त्री रावललाई विश्वासको लिएनन् । मुख्यमन्त्री रावलले आजसम्म विश्वासको मत लिइसक्नु प र्नेछ । उनी पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
प्रदेशसभामा निर्णयक मानिएको उन्मुक्तिले जेलमा रहेका नेता रेशम चौधरीको रिहाईको बटम लाइन बनाएको छ । सर्वोच्च अदालतले दुबै पक्षलाई बोलाउने आदेश दिएपनि उसले रिहाईको लिखित प्रतिवद्धता जनाएको छ ।
लिखित सम्झौता गर्न केन्द्रका नेताहरु तयार छैनन् । उन्मुक्तिले नेकपा एमालेसँग विश्वस्त हुन सकेको छैन । देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश एमालेले राष्ट्रपतिमार्फत रोक्न लगाएको थियो ।
सरकारलाई मत दिनेबारे उन्मुक्तिका सांसदहरुबीच मतभेद रहेको छ । कुल ७ जनामा ४ जना सरकारलाई विश्वासको मत दिनु पर्ने र ३ जना रेशमका रिहाईको एजेण्डामा सहमत रहेका छन् । आफ्ना सांसदको पनि फरक मत देखेपछि उन्मुक्तिले चोरी हुन सक्ने भन्दै सबै सांसदहरुलाई काठमाडौंमै राखेको छ ।
आज रावलले विश्वासको मत नपाए नयाँ समिकरणको लागि छलफल हुने बताइएको छ । संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले सरकार बनाउनेछ । उसले सुरुमै माओवादीसँगको सहकार्य खोजेको छ । तर माओवादीले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।