
काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड बुधबार विहान बालकोट पुगेका हुन् ।
केही दिनदेखि बालुवाटार पुग्दै आएका ओलीले आज प्रचण्डलाई बालकोट आउन भनेको बताइएको छ ।
दुई पार्टीका अध्यक्षबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले लिन लागेको विश्वासको मत, सरकार सञ्चालन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ ।
केही दिन पहिले सकारात्मक संकेत दिएको नागरिक उन्मुक्ति पार्टीले पछिल्लो समयमा भने तटस्थ बस्ने निर्णय गरेको छ । मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने निश्चितजस्तै भएको छ । यसपपछि हुने सम्भावित समिकरणबारे पनि प्रचण्ड र ओलीबीच गम्भीर छलफल भएको स्रोतको दाबी छ ।
त्यसैगरी राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रयास भइरहेको माओवादी नेताहरुले बताइरहँदा एमालेले भने त्यसको प्रतिवाद गर्दै आएको छ ।
रवि लामिछानेको पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थाबारे पनि प्रचण्ड र ओलीबीच छलफल भएको छ । ओलीले रविलाई गृहमन्त्री बनाउनु पर्ने अडान दिँदै आएका थिए ।