आज :

क्यान इन्फोटेक सुरुः सूचनाकाे साँचाे हामीसँग छैनः मन्त्री शर्मा

  • अनलाइन डबली

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघको आयोजनामा आजदेखि क्यान इन्फोटेक – २०२३ सुरु भएको छ । मंगलबार काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको मेला माघ २९ गतेसम्म चल्नेछ ।

मेलाको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गर्दै सरकारी निकायले प्रयोग गरिरहेका सूचना प्रविधि र सफ्टवेयरको सुरक्षा साँचो सरकारसँगै नभएको बताएकी छन् । मन्त्री शर्माले सरकारी निकायका कागजात र सफ्टवेयर नै सुरक्षित नभएको र त्यसको जानकारी कहाँ जान्छ भन्ने थाहा नहुने अवस्था रहेको भन्दै चिन्ता व्यक्त गरिन् ।

“हाम्रा धेरै डाटा सेन्टर छन् तर त्यसको सुरक्षा छैन्। आईटीको प्रयोग सरकारी निकायमा पनि भयो तर त्यसको मेन की हामीसँग छैन्, जानकारी कहाँ जान्छ, भन्ने थाहा छैन्, हामी राष्ट्रिय सुरक्षाको कुरा गर्दछौं तर मन्त्रालयको संवेदनशिल क्षेत्रमा सफ्टवेयरहरु राखिएको छ तर जानकारी कहाँ जान्छ थाहा छैन्” मन्त्री शर्माले भनिन् । उनले सूचना प्रविधिको क्षेत्रमा मानव संसाधनको विकास गरिनुपर्नेमा बताइन् ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको सूचना प्रविधि क्षेत्र व्यवसायीक र सक्षम भएको बताए। उनले सरकारी निकायले नै नेपाली सूचना प्रविधिका कम्पनीलाई नपत्याउने र सफ्टवर प्रयोग गर्न नमान्ने अवस्था रहेको बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले नेपालमा सूचना प्रविधिको विकास गर्नका लागि पिपिपि मोडलमा जानुपर्ने बताए ।उनले विदेशी आईटी कम्पनीलाई नेपालमा एजेन्सी दिएर मात्र यो क्षेत्रको विकास नहुने भन्दै नेपाली कम्पनीहरुको समेत क्षमता बढाउन ध्यान आग्रह गरे।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान महासंघ०को आयोजनामा आजदेखि शुरु भएकोक्यान इन्फोटेक मेला माघ २९ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुँदैछ।

क्यान इन्फोटेकको अवलोकनका लागि सर्वसाधारणलाई रु। १०० र विद्यार्थीलाई रु।५० प्रवेश शुल्क निर्धारण गरिएको छ।

क्यान इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ।

क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्सेसरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करियर काउन्सिलिङ, कलेज पेभिलियन, स्टार्टअप पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ। यसपटक नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रबर्द्धन गरिएको छ।

साथै क्यान इन्फोटेककै दौरान हरेक दिन नेपाल पर्यटन बोर्डको सभाहलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेन्डका विषयमा कन्फ्रेन्स पनि सञ्चालन हुने आयोजक संस्था क्यान महासंघले जानकारी दिएको छ।

यो मेला सकिएलगत्तै सातै प्रदेशमा क्यान इन्फोटेक मेलाको आयोजना गर्ने आयोजक संस्था महासंघले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal