काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।
निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर रु ३ ले बढाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा रु १७८, डिजेल र मट्टितेलमा प्रतिलिटर रु १७५ कायम गरिएको छ ।
हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।