आज :

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफको दुबईमा निधन, साहसी तर विश्वास घाती थिए मुशर्रफ

  • अनलाइन डबली

काठमाडौँ । पाकिस्तानका पूर्वराष्टपति परवेज मुशर्रफको दुबईमा निधन भएको छ । दुबईको एक अस्पतालमा अमाइलोइडोसिस नामको रोगको उपचारको क्रममा उनको निधन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

मुसर्रफ परिवारले ट्विटरमा जानकारी दिँदै अमाइलोइडोसिस नामको रोगबाट जुधिरहेका उनका सबै अंगले काम गर्न बन्द गरेको बताएका थिए ।

अमाइलोइडोसिस दुर्लभ र गम्भीर रोगको एक समूह भएको ब्रिटेनको नेशनल हेल्थ सर्भिसले बताएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । यो रोगले मानिसको शरीरमा अमाइलोइड नामको असामान्य प्रोटिन उत्पादन गर्छ र यो मुटु, मिर्गौला, स्नायु प्रणाली, दिमाग आदि अंगमा जमा हुन थाल्छन् । जसका कारण यी अंगका तन्तुले राम्रोसँग काम छोड्छन् ।

मुशर्रफ शाहसी सैन्य कमाण्डर हुन् । २१ बर्षमा सेनामा भर्ति भएका मुशर्रफ सन् १९६५ मा भारतसँग बहादुरीपूर्वक लडेका थिए । उक्त युद्ध पाकिस्तानले हारेपनि मुशर्रफले भने बहादुरी साग लडेको भन्दै पाकिस्तानले पदक दिएको थियो ।

मुशर्रफले सन् १९७१ को युद्धमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए । यो देखेर सरकारले उनलाई पटकपटक बढुवा गरेको थियो । परवेज मुशर्रफ सन् १९९८ मा जनरल बनेका थिए । आफ्नो जीवनी ‘इन द लाइन अफ फायर – ए मेमोयर’ मा जनरल मुशर्रफले कारगिल कब्जा गर्ने बाचा गरेको लेखेका छन् । तर नवाज सरिफका कारण उनले त्यसो गर्न सकेनन् ।

मुशर्रफ साहसी भएपनि महत्वकांक्षी र विश्वास घाती भएको बताइन्छ । सन् १९९८ मा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले परवेज मुशर्रफलाई विश्वास गर्दै पाकिस्तानी सेनाको प्रमुख बनाएका थिए । तर, मुशर्रफले विश्वास घात गर्दैै एक वर्षपछि नै १९९९ मा जनरल मुशर्रफले नवाज शरीफलाई सत्ताच्युत गरे र पाकिस्तानलाई कब्जामा लिए । नवाज सरिफले सत्ता सम्हाल्नेबित्तिकै परिवारसहित पाकिस्तान छोड्नुपरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal