काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ता गर्न सकिने संघीय संसद् सचिवालयले जनाएको छ ।
संघीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको छ ।
राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो ।
सत्तारुढ दलहरुबाट नेकपा माओवादी केन्द्रबाट साँझा उम्मेदवार दिने बताएपनि अहिलेसम्म कुनै निर्णय भएको छैन । त्यस्तै नेपाली काँग्रेससहितका विपक्षी दलहरुको बैठक आज बस्दैछ ।