आज :

एफएलएफ अवार्डमा ६ दर्जनको मनोनयन, उपसभामुखले रविलाई दिइन धन्यबाद

  • अनलाइन डबली

काठमाडौं । संविधानले प्रत्यायोजित अधिकारको मतहतमा रहेर आम जनताको सेव गर्ने उपसभामुख इन्दिरा रानामगरले बताईन । फाल्गुनन्द फिलिम्स प्रालिद्वारा माघ २१ गते ‘सम्मान तथा मनोनयन पत्र वितरण कार्यक्रम २०७९’लाई संबोधन गर्दै सो प्रतिबद्धता जाहेर गरेकी हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृसमेत रहेकी रानामगरले आफूलाई यो स्थानमा ल्याउने पार्टी सभापति रविलामिछानेलाई विशेष धन्यबाद दिएकी थिइन् ।

समावेशीताको कारण महिलाले ३३ प्रतिशत अधिकार प्रप्त गरेको बताउँदै आदिवासी तथा जनजाति कलाकारिताको संवर्धन तथा प्रवद्र्धनमा सहयोग पुर्याउने फाल्गुनन्द फिलिम्स परिवार तथा अध्यक्ष दिनेश लिङदेनलाई धन्यबाद दिएकी थिइन् । कला क्षेत्रमा विशेष योगदाना गरेबापत निर्माता तथा व्यवसायी शैलेन्द्र नाल्बो र लामो समयदेखि गायन क्षेत्रमा संलग्न गायक संगम लिम्बुलाई सम्मान प्रदान गरिएको थियो ।

आगमी महिना आयोजना हुने एफएलएफ अवार्डको उत्कृष्ठ मनोनयनमा परेका विभिन्न विधाका झण्डै ६ दर्जन व्यक्तिहरुलाई मनोनयन पत्र प्रदान गरिएको हो । एफएलएफ अवार्डका २०७९ को जुरी सदस्यहरुमा कलाकार निर्देशक उदय सुब्बा, संगितकार गायक कुल्बा सुब्बा, भाषविद् तथा कलाकार यासेली योङहाङ रहेका छन् ।

सो कार्यक्रममा संगितकार रोशन वान्तवा राई, गायक नरेश लिम्बु, समाजसेवी कल्पना लिम्बु लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । एफएलएफ प्रालिका अध्यक्ष निर्देशक दिनेश लिङदेनले अध्यक्षता गरेको कार्यक्रमलाई संचारकर्मी दीपज्योति थापाले सहजिकरण गरेकी थिइन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal