पदम श्रेष्ठ –
डिभि भरेर अमेरीकी नागरिक बन्न पाउनुलाई स्वर्ग पुगेको थान्ने शिक्षित युवाहरुको लर्को लागिरहेकै बेला देश भित्रै केहि गर्नु पर्छ भनि अमेरीकी नागरिकता त्यागेर आउनुभएका चर्चित संचारकर्मी रवि लामिछानेलाई जुन हदसम्म माथि उकालेर खसाल्ने कार्य भयो ,त्यो दुर्घटनालाई सतिले सरापेको देश नेपाल भन्ने सत्य घटनालाई पुनः एक पल्ट प्रमाणित गरिदिएको छ । देश भित्र थुप्रै सम्भावना भएपनि अबसर नपाएकै कारण पढाईको बहानामा नक्कली बिहे गरेर अष्ट्रेलिया जाने भिसा पाउँदा भोज खुवाएर गौरब गर्नेहरु नेपालमा बढ्दै छ । लाखौं रुपियाँ खर्चेर पढेपछिपनि आफ्नो देशमा जागीर नपाएपछि दलाललाई पैसा खुवाएर श्रम गर्न अरवियन राष्ट्रमा तेस्रो दर्जाको काम गर्न जान बाध्य युवा जमातलाई आपत्तमाथि विपद पर्दा मानव तस्करहरुबाट सञ्चारकर्मी लामिछानेले बचाएका हजारौं दस्ताबेज बनिसकेका छन् ।
यस्ता थुप्रै बिकृति विसङगतिलाई पन्छाउँदै दलालीकरणबाट देशलाई बचाउने उदेश्यले राष्ट्रिय स्वतन्त्र पार्टी खोलि छोटै समयमा जनतामा सकारात्मक छाप पार्न सफल रबि लामिछानेलाई उपप्रधान तथा गृह मन्त्री जस्तो गरिमामय पदमा उठाएर फेरी नागरिकताको सवालमा सर्बोच्च अदालतको फैसलाबाट जुन तहसम्म तल गिराउने कार्य हुन गएको छ त्यो दुर्घटनाले देश भित्र थुप्रै प्रश्न उठाएको छ र उठिरहनेछ ।
बरु मदन भण्डारी हत्यकाण्ड कुना पन्छिएला ,राजदरवार हत्याकाण्डमा पोष्टमार्टमनै नगराई भएको दाहसंस्कारले निकास पाउलान तर सञ्चारकर्मी रवि लामिछाने माथिको अनागरिकको लान्छनाले युग युग सम्म प्रश्न गरिरहने छ । गृह मन्त्रालयबाट बाहिरिदै गर्दा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदै भनेका थिए ,
⦁ रवि लामिछानेले तपाईहरुले एउटा अनागरिक संग प्रश्न गरिरहनुभएको छ , म कहाँको नागरिक हुँ म आफैंलाई थाह छैन तर
⦁ म सर्बोच्च अदालतको फैसलालाई स्विकार्दछुँ किनकी सर्वोच्च अदालत भन्दा माथि कोहि छैन ।
यो जवाफ जति सहज सरल सुनिएको छ नि त्यसले उठाएको प्रश्न त्यतिकै जटिल छ भन्ने लागिरहेको छ । किनकी अनागरिकलाई नागरीक बनाएर नागरिकताको छानबिन नगर्ने सिडियो कार्यालय , पार्टी दर्ता गरिदिने निर्वाचन आयोगलगायतका निकायहरुलाई के हुन्छ त भन्ने प्रश्नपनि छ साथमा । यी र यस्ता थुप्रै प्रश्नहरुका विच सञ्चाकर्मी रवि लामिछानेलाई अनागरिक बनाउने फैसला अदालतबाट आउनुको एउटै कारण हो ,उहाँ गृहमन्त्री हुनासाथ एक महिना भित्रै भएका दिर्घकालिन सुधार न्याय र भ्रष्टाचार अन्त्यका घोषणाहरु । जुन घोषणा कार्यान्वयन हुँदै जान थाले चुनाबमा चन्दा लिएर जनताको ढाड सेक्नेगरी गराईएका भ्रष्टाचारदेखि बलत्कार काण्डमा उच्च पदस्थको संलग्नता सम्मका सवालहरु सार्वजनिक हुनेछन् । यहि तथ्यलाई आधार बनाएर मलाई लाग्यो मेरो कोठा भित्र उडुस उपियाँ र लामखुटटे मात्र होईन भुसुना ,जुकाहरु विभिन्न स्वरुपमा रवि लामिछाने रुपि जनताको रगत चुस्नमा कृयाशिल देखिन्छन् । त्यसैले देशमा केहि गर्छु भनेर सकृय राजनितिमा आउनुभएका रवि लामिछने जस्ता ब्यक्त्तित्वहरुलाई कसरी परिवन्धमा पारिन्छन् उडुस उपियाँ लामखुटटेहरुद्धारा भन्ने कुरा तलको बिचारलेखले केहि हद सम्म प्रतिनिधित्व गर्छ भन्ने लागेर प्रस्तुत गर्न चाहन्छु म ।
म, मेरो कोठा, उडुस, उपियाँ र लाखुट्टेहरू
मेरो एउटा कोठा छ । चारैतिर झ्यालै झ्याल ।
बन्द खापा कतै छैन । दूषित छ वातावरण ।
बाहिरबाट उफ्री–उफ्री रमाउँदै आएका उडुस,उपियाँ
र लामखुट्टेहरु,म र मेरो परिवारको रगत चुस्न व्यस्त छन् ।
मेरो कोठा सानै भएपनि औधी माँया लाग्छ ।
किनकि मेरो कोठामा बुद्ध, शिव र भृकुटी,सीताका ऐतिहासिक कलात्मक
तस्वीरहरू छन् ।
विश्वको सबैभन्दा अग्लो सगरमाथा, पहाडदेखि तराईका मैदान र अनेक जातजातिका फूलबारीका तस्वीरहरूले अझ शोभायमान तुल्याएको छ मेरो कोठालाई । तर यस अमूल्य फोटोहरूलाई म र मेरा परिवारहरूले सही तरिकाले सदुपयोग गर्न जानेका छैनौं । त्यसकारण उडुस, उपियाँ र लामखुट्टे मात्र होइन, अब त भुसुनाहरू पनि ती अमूल्य तस्वीरका कुनाकाप्चाहरूमा लुकेर बस्न खप्पिस भइसकेका छन् । माकुराको जालो मेरो कोठाभरि छरिएको छ । ती मेरा तस्वीरहरूलाई हामीले कहिल्यै सफा गर्न सकेनौं , जानेनौं वा गरेनौं । त्यसैले ती मेरा तस्वीरहरू धमिरा लागेर मक्किइसकेका छन् । मक्किएको तस्वीरका फ्रेमका प्वाल–प्वालमा उडुस, उपयाँ र लामखुट्टेहरूको संख्या बढ्दो छ । त्यसमाथि भुसुनाको अतिक्रमण । ती रगत चुस्ने कीटपतङ्गहरूलाई निर्मूल पार्ने औषधिको अभाव छ मेरो कोठामा । त्यही थाहा पाएर होला, शायद अहिले त झनै कोठाको बाहिरबाहिरै पनि देखिन थालेका छन् ती उडुस, उपियाँहरू । खाट, कुर्सी र दराजको मुन्तिर, यस प्रकार रगत चुस्ने जुकासमेत बढ्दै जानुमा हाम्रा परिवारभित्रको खिचातानीलाई नै प्रमुख कारण मानेको छु मैले । मेरो त्यो एउटै कोठामा धेरै अभिभावकहरू छन् । उनीहरू हामीलाई आ–आफ्नै तरिकाले अर्ति दिने गर्छन् । कसैले उत्तरतर्फको झ्याल–ढोका थुन्नुपर्छ अनि उडुस–उपियाँ हट्नेछन् भन्छन् भने कसैले दक्षिणतर्फको झ्याल–ढोका थुनेपछि उडुस–उपियाँहरू हट्नेछन् भनी अर्ति दिन्छन् । अभिभावक भनाउँदाहरूको हानथापबीच ती चुसुवा परजीवीहरू झन्–झनै घट्नुको बदला बढ्दै छन् । ती कीराहरूले चुसेका यी शरीरहरू फोस्रा भएर अब त जिउँदो लास कंकाल मात्र बाँकी छ । हाम्रा अभिभावकहरूका छाला बाक्लो भएर हो क्यार शायद । उनीहरूलाई खासै प्रत्यक्षरूपमा रगत चुसेको देखिंदैन । त्यसकारण मेरा अभिभावकहरू चिल्लाचिल्लै नै देखिन्छन् प्रायः । मेरो कोठामा निर्मल, कञ्चन तथा स्वच्छ पानी बगेको खोला, हरियो वनजंगल र देवदेवालयका दृश्यहरू पनि छन् । हिजोआज मरेका सिनो, फोहोरको थुप्रो, चील, काग, गिद्धहरू कसले हो थपिदिएछ । त्यसैले गर्दा कञ्चन नदीको तस्वीरको अस्तित्व लोप भएको देखिन्छ । कलात्मक मन्दिरका तस्वीरमा देवता र वनजंगल मेटिइसकेका छन् । यसलाई बचाइराख्ने जिम्मा लिएका मेरा अभिभावकहरू बचाउन भन्दा तस्वीर बेच्नमा क्रियाशील छन् । त्यसैले अब त मलाई मेरो अभिभावकहरू पनि अर्कै कोठाका सदस्य हुन् कि भन्ने डर लाग्छ, नत्र किन त ती उडुस, उपयाँलाई औषधि प्रयोग गरी निर्मूल पार्नुको बदला आफ्नै सदस्यहरूको रगत चुसेको दुःख हेर्न पल्केका छन् त ।? एक आपसमा आरोप–प्रत्यारोप गर्दै परिवारमा मपाईंत्व बढ्दो छ । अभिभावकहरूले आमालाई अबला र भाईलाई गधा भनेकोले उनीहरूप्रति मेरो विश्वास घट्दै छ । कोठामा अहिले जसले जसलाई भने पनि हुन्छ । जसले जुन बेला जे गरे पनि हुन्छ । स्वतन्त्र छ । त्यसकारण तस्वीरहरूमा दुर्गन्ध, उडुस, उपियाँ, लामखुट्टे, काग, चील, गिद्ध, माकुराको जाल जुका र मरेका सिनाले अतिक्रमण गर्दै लगिरहेका छन् । यसरी अभिभावकहरू झुलभित्र सुरक्षित रहेर परिवारको चिन्ताभन्दा चिता हेर्न उत्सुक छन् ।
त्यसैले रवि लामिछानेको नाउँमा यो एउटा कविता छोडेर विद मार्छु …
नेपालीको साखः घट्या घट्यै छ
नेपालकै सेवामा डुबुल्कि मारे रविले , दलाली गर्न कस्सिएनन्
सत्यको पक्षमा काम गर्न कसे, ज्यानकै सुरक्षा पाउन सकिएन ।।
मौखिक ईज्जत त नेपालाँ अति वडा, दलाल नेता नै छर्छन आस्वासन कडा
प्रत्येक चुनावमा सपना बाँढछ ,जनताको साख ः भने घट्या घट्यै छ ।।
कृषि उत्थानको नारा दिन्छ, चोरले झैं किसानलाई मल विउ बेच्छ
श्रमजीवी, किसान, मजदुरपक्षीय रविलाई सबैको सामु गिराउन खोज्छ ।।
चप्पले नेता र कर्मचारीको भुत वङगले आलिशान महल छ
बिदेशीले दिएको दानमापनि कमिसनै कमिशन खोज्छ ।।
दलाल र चम्चालाई मोटर र महल पाउँछ
सत्य तथ्य काम गर्नेलाई अनेक अनेक आरोप लाउँछ ।।
धुपौरेले घर थड्याउँछ स्वषकले कार चढ्छ
श्रमजिवी बुढारोगी खाली हात मसान खेडिन्छ ।।
श्रमिकलाई बोनस दिनु पर्दा पुख्र्यौली अंश जस्तो गर्छ
किस्तावन्दी तलबपनि ब्याज खाई खाई दिन्छ ।।
उसैलाई ठूलो मान उही पुनः ठूलो पदमा
सामाजबादी सम्यवाद भित्र पनि लाखौं पुरस्कृत हुने थाममा ।
कम्युनिष्ट,काग्रेस भनाउँदाले भाषण गर्दा आस्वासन बाँढ्छ ।
जायज काम गराउन जाँदा भित्र भित्रै कमिशन खोज्छ ।
चम्चा र धुपौरेलाई ठाउँ–ठाउँमा राखेका छन्
श्रमजीवीले कमाएको धन आफ्नै नाउँमा छापेका छन् ।।
कृषि प्रधान नेपालमा मल, विउ,सिंचाई दिलाईदैन् ।
आफनै देशमा उत्पादित अन्न आफ्नै देशमा बजार पाँईदैन ।।
देशभित्रै युवा उत्थानको नाटके प्रो ल्याउँछ सरकार ।
कार्यान्वयनमा भने कार्यकर्ता र आफन्तलाई पोस्दै गर्छ भ्रष्ट्राचार ।।