आज :

उससभामुखको चुनाव आज, इन्द्रिरा रानाको जित निश्चित

  • अनलाइन डबली

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ । संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुख उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यतालिका छ ।

शुक्रबार उम्मेदवारी दर्ताको समय थियो । गठबन्धनको तर्फबाट रविको पार्टीकी सांसद इन्दिरा राना र नेपाली काँग्रेससहितका दलहरुको समर्थनमा मुक्ताकुमारी यादवले उम्मेदवारी दिएकी छन् ।

रानाको प्रस्तावक सोविता गौतम र समर्थक एमालेका कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन रहेका  छन् भने यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे छन् ।

त्यस्तै, यादवको समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् ।

सभामुख जस्तै उपसभामुखमा पनि गठबन्धनले नै जित्ने निश्चित छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal