आज :

चक्रपथको ३ सय हप्ता, बगमती सफाई देशको नमुना अभियानः पौडेल

  • अनलाइन डबली

काठमाडौं । चक्रपथ सरसफाई अभियानले तीन सयौं हप्ता पूरा गरेको उपलक्ष्यमा शनिबार काठमाडौंमा रक्तदान तथा वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको अभियान्ता किशोर सिंह शाहीले अनलाईन डबलीलाई बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व मुख्य सचिब लिलामणी पौडेलले बागमती सफाई र चक्रपथ साफाई अभियानलाई नमुना अभियान बनाउन सफल सबैप्रति आभार व्यक्त गरेका थिए । चीनका लागि नपाली पूर्वराजदूत समेत रहेका पौडेलले झण्डै एक दशक अघि सुरु गरिएको बागमती सफाई अभियानले अजसम्म पनि निरन्तरता पाइरहेको र त्यसको प्रेरणा चक्रपथले लिएको भन्दै खुसि समेत व्यक्त गरे ।

वागमतीमा आजपनि सफाई चलिरहेको र कञ्चन पानी नबगुन्जेल नरोकीने बताउँदै पौडेलले भने,“समाज रुपान्तरण अरुले गरिदेला भन्दा पनि हरेक व्यक्ति आफै अग्रसर हुनसकेको खण्डमा अवश्य पनि सफल र सकारात्मक परिणाम आउने कुराको उदाहरण बागमती र चक्रपथ सरसफाई अभियान हुन र जुन देशकै नमुना अभियान बन्ने छन् ।”

पौडेलले चक्रपथ सरसफाई संयोजक एल.बि.टन्डनका साथै सम्पुर्ण अभियान्ताहरुलाई हार्दिक बधाई दिनुको साथै रक्तदान गर्ने ७५ जना रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । सांस्कृतिक कार्यक्रममा गायिका मन्जु पौडेल, गायकहरु तिलक बस्नेत, सेम सेन्चुरी, अर्जुन कुवरको मिठो गायनद्वारा उपस्थित सहभागिहरु नाच्न बाध्य पारेका थिए ।

१ सय ५९ पल्ट रक्तदान गर्ने निता घिराइया र १ सय ७ पल्ट रक्तदान गर्ने राम देवि श्रेष्ठले स्वास्थ्य चेकजाँज गरेर जति धेरै रक्तदान गरियो त्यति स्वस्थ हुने अनुभव सुनाएकी थिइन । कार्यक्रमको संयोजन रोटरि क्लब अफ काठमाडौं डाउन टाउन, ब्लोदान काठमाडौं मध्य क्षेत्र र ग्रिन सिटी हस्पिटल प्रा.लि.सह आयोजनामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal