आज :

हकप्रद सेयर निष्काशन गर्न एलआईसी नेपाललाई प्राधिकरणले दियो स्वीकृति

  • अनलाइन डबली

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ । कम्पनीलाई पुस २१ गते बीमा प्राधिकरणले हकप्रद निष्काशन गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले माघ ३ गते हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । सभामा पारित भएपश्चात लागू हुने गरी कम्पनीले प्राधिकरणबाट हकप्रद निष्काशन गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले ८८.४५१६८ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । यस अनुसार कम्पनीले हाल कायम १ कित्ता बराबर ०.८८४५१ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैैयाँ रहेको छ । त्यसको ८८ प्रतिशत अर्थात २ अर्ब ३३ करोड ४८ लाख १६ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब ९८ करोड ८३ लाख रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal