आज :

३.०३ अंकले घट्यो नेप्से, ३ अर्बमाथिको कारोबार

  • अनलाइन डबली

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार सामान्य अंकले घटेको छ । आज नेप्से ३.०३ अंकले घटेर दुई हजार ६१ दशमलब ६ विन्दुमा बन्द भएको हो ।

मंगलबार नेप्सेमा गिरावट आएपनि कारोबार रकम भने तीन अर्ब रुपैयाँ नाघेको छ । आज तीन अर्ब ४५ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १०७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । तीन वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

त्यस्तै, स्वतगंगा हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३२७।९० रुपैयाँ पुगेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३९१.७० रुपैयाँ पुगेको छ । त्यस्तै, खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११६१।२० रुपैयाँ पुगेको छ भने अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५६३.७० रुपैयाँ पुगेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडले ४३ करोड १९ लाखभन्दा बढीको कारोबार भएको छ ।

आज नेपाल वीन नेपाल लघुवित्त वित्तीय संस्था र बोटलर्स नेपाल तराइ लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal