काठमाडौं। भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिले आफ्नो स्वामित्वमा रहेको बैंक अफ काठमाण्डूको ९ लाख ५२ हजार ७३० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।
भाटभटेनीले बैंकमा रहेको कुल १७ लाख १२ हजार १४८ कित्ता सेयर मध्ये ९ लाख ५२ हजार ७३० कित्ता सेयर बिक्री गर्न चाहेको हो । योसँगै बैंक अफ काठमाण्डू (बिओके) ले उक्त संस्थापक सेयर लिलामी बिक्रीमा राखेको छ ।
सेयर खरिदका लागि पहिलो चरणमा संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिइएको छ। खरिदमा इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन्। तर, हाल बैंकको संस्थापकहरू सेयरधनीहरु लिलामीको सेयर खरिद गर्न इच्छुक नभए सर्वसाधारणहरुलाई खुल्ला गरिने बैंकले जनाएको छ ।
आवेदन ३५ दिनभित्र बैंकको कम्पनी सचिव कार्यालयमा लिखित निवेदन पेस गर्नु पर्नेछ।


अनलाइन डबली





