काठमाडौं । मंगलबार सुनको मुल्य फेरी ह्वात्तै बढेको छ। मंगलबार तोलामा ९०० रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ पुगेको छ।
यस अघि गत वैशाख ५ गते प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख २ हजार ६ सय रुपैयाँ पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।
सोमबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ८ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।