आज :

सुनको मूल्य यो वर्षकै महँगो

  • अनलाइन डबली

काठमाडौं । सुनको मूल्य यो वर्षकै महँगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार आजका लागि सुनको कारोबार मूल्य प्रतितोला ( ११,६६४ ग्राम ) को  १ लाख २ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

अघिल्लो दिनको भन्दा तोलामा ९ सय रुपैयाँ बढेको हो। साताको पहिलो दिन सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। साताको दोस्रो दिन सोमवार भने मूल्य स्थिर थियो।

चाँदीको मूल्यमा सामान्य बढोत्तरी छ। चाँदी मंगलवार प्रतितोला १४ सय १० रुपैयाँ भएको छ। तोलामा १० रुपैयाँ बढेको हो।

सोमवार प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उक्लिएको  छ। मंगलवार सुन प्रतिऔंस १८४०.२५ डलर र चाँदी प्रतिऔंस २४.३८ डलरमा कारोबार भइरहेको छ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal