आज :

महान् फुटबलर पेलेको अन्त्येष्टि गरिँदै, श्रद्धाञ्जली दिन हजारौं मानिसहरु लाइनमा

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय सम्मानसहित महान् फुटबलर पेलेको आज अन्त्येष्टि गरिँदैछ । अन्त्येष्टि अघि अन्तिम श्रद्धाञ्जलीको लागि पेलेको पार्थिव शरीरलाई ब्राजिलको साओपाउलोमा रहेकाे सान्तोस क्लबको रङ्गशालामा राखिएको छ ।

पेलेलाई अन्तिम श्रद्धाञ्जली दिन हजारौँको भिड लागेको छ । पेलेको गएको बिहीवार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पेलेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । अन्तिम संस्कारमा ब्राजिलका राष्ट्रपति लुला डा. सिल्भाको पनि सहभागिता रहनेछ ।

पेलेको वास्तविक नाम एडसन अरान्ते दो नासिमेन्तो हो । पेलेले ब्राजिललाई तीन पटक विश्व कप फुटबलको उपाधि दिलाएका थिए ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal