आज :

१७ अंकले बढ्यो नेप्से, ३ अर्ब नजिक कारोबार

  • पवित्रा दाहाल

काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि सेयर बजारमा १७ अंकको वृद्धि भएको छ ।

अघिल्लो दिन १७ अंकले बढ्दै २०४६ विन्दुमा पुगेको नेप्से सूचक पुनः सोमबार पनि १७ अंकले नै बढ्दै २०६३.८३ अंकको विन्दुमा उक्लिएको हो ।

सोमबार नेप्सेमा वृद्धि भएपनि आइतबारको भन्दा कारोबार रकम घटेको छ । आइतबार तीव्र उतारचढाव हुँदा नेप्से १७.२८ अंकले बढेको थियो भने कारोबार रकम ४ अर्ब नाघेको थियो ।

उत्पादनमूलक उपसूचक ०.७१ प्रतिशत, अन्य उपसूचक १.५२ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.६२ प्रतिशतले गिरावट हुँदा व्यापार उपसूचक ३.५२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ३.०६ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ उपसूचक पनि १ प्रतिशतले वृद्धि भएको छ ।

आज पनि नबिल बैंक उच्च कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबर गरेको छ । यस्तै, दोस्रोमा हिमालय डिस्टिलरीको १६ करोड ६४ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबार कारोबार अवधिभर बजारमा कुल २११ कम्पनीको सेयर कारोबार भएकोमा १६५ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । त्यस्तै ३९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ७ कम्पनीको सेयरमूल्य भने स्थिर छ । सोमबार कारोबार भएकामध्ये धौलागिरी लघुवित्त, सृजनशील लघुवित्त खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै प्रभु इन्स्योरेन्सको सेयरमूल्य ९ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीको सेयरमूल्य ४.०१ प्रतिशत र तेह्रथुम पावर कम्पनीको सेयरमूल्य २.४५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal