आज :

१७.२४ अंकले बढ्यो नेप्से, ४ अर्ब माथिको कारोबार

  • पवित्रा दाहाल

काठमाडौं । साताको कारोबार पहिलो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । यस दिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक १७.१४ अंकले वृद्धि भएर २०४६.२६ बिन्दुमा पुगेको छ ।

नेप्से सूचक भने २०४६.२९ विन्दुमा उक्लिएको छ । गत हप्ता १६१ अंकमाथिले नेप्से बढ्दै २०२९ विन्दुमा अडिएको थियो ।

कारोबार अवधिभर २६१ कम्पनीको १ करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर किनबेच भएको छ । यसदिन सेयर ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १३ वटै उपसमूह मध्य १२ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८७ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा बढी नबिल बैंकको २२ करोड ५७ लाख ४८ हजार रुपैयाँ माथिको ८५४ कित्ता सेयर कारोबार भएको छ भने नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) को १९ करोड ८८ लाख रुपैयाँ बराबरको र हिमालय डिस्टिलरीको १५ करोड ८० लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सिर्जनशील लघुवित्त वित्तीय कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले वृद्धि भएको छ । आज डेभलपमेन्ट बैंक समूह र फाइनान्स समूहबाहे १२ वटा समूहको उपसूचक धनात्मक भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal