आज :

यी छ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कतै तपाई छुट्नु त भएन ?

  • अनलाइन डबली

काठमाडौं । नबिल बैंक र टेलिकमसहित विभिन्न नौं कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

नेपाल टेलिकम, बुटवल पावर कम्पनी, हिमालयन बैंक लिमिटेड, सिद्धार्थ इन्स्योरेनस कम्पनी, महालक्ष्मी विकास बैंक र नबिल बैकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

नबिल बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा पुस २९ गते काठमाडौँको गैह्रीधारास्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट सेन्टरमा बिहान १० बजे हुने भएको छ।

त्यस्तै, नेपाल टेलिकम कम्पनी लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते पन्ध्रौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।

सभाले आफ्ना शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसका साथै लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ।

त्यस्तै, महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा पुस २९ गते काठमाडौँको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान १० बजे हुने भएको छ।

सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत नगद लाभांश नगद लाभांश गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा पुस २९ गते काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा बिहान ११ बजे हुने भएको छ।

बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश नगद लाभांश गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको साधारण सभा पुस ३० गते काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजे हुने भएको छ।

त्यस्तै, हिमालयन बैंकले पौष २८ गते (बिहिबार) साधारण सभा बोलाएको छ।बैंकको तीसौँ वार्षिक साधारण सभा होटल सोल्टी, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ भने सिभिल बैंकको अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८०.२८ शेयर स्वाप रेशिया अर्थात सिभिल बैंकको १०० कित्ता बराबर हिमालयन बैंकको ८०.२८ कित्ता अनुपातमा शेयर आदानप्रदान गर्ने, प्राप्ति पश्चात हिमालयन बैंक लिमिटेडको नाममा एकिकृत कारोबार गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गर्नेछ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal