
बागमती प्रदेशसभा बैठक पुस १८ गते (सोमबार) बोलाउन आह्वान गरिएको छ । बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।
मंसिर ४ गते सम्पन्न निर्वाचनबाट गठित प्रदेशसभाको पहिलो बैठक सोमबारका लागि तय भएको बागमती प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेशसभाको ११ औं अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव ओमबहादुर खड्काले जनाएका छन् ।
त्यस्तै, जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते बस्ने भएको छ । राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूचिहरु तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।
जसपाले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाएको छ । चुनावी समिक्षा, विधान अधिवेशन, संगठन तथा आगामी कार्यदिशा लगायतका एजेण्डाहरुमा बैठक केन्द्रित हुनेछ । बैठक पार्टी कार्यालय बालकुमारीमा बस्ने छ ।