आज :

पुँजी वृद्धिसहित क्यापिटल योजना पेश गर्न बीमा प्राधिकरणको निर्देशन

  • अनलाइन डबली

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले पुँजी वृद्धिको योजना सहितको क्यापिटल प्लानको विस्तृत विवरण पेश गर्न निर्देशन दिएको छ । बीमा क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले एक बर्षभित्र पुँजी पुराउन के कस्तो रणनीति प्रयोग भएको भन्दै विस्तृत विवरण हेर्न प्रगति विवरण माग गरेको छ।

बीमा प्राधिकरणले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो।

समितिले कम्पनीहरुले क्यापिटल प्लान पेश गरेका पुँजीवृद्धिका योजनाहरु अध्ययन गर्ने र सो अनुसार अध्ययन गरि मर्जर वा पुँजिवृद्धिको विकल्पमा जान सक्ने बिषयमा अध्ययन गरि बनाएको विस्तृत जानकारी प्राधिकरणमा पेश गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal