आज :

दुर्गा कालिका सेवा समाजले सांसद रावललाई दियाे बधाई

  • अनलाइन डबली

काठमाडौँ । दुर्गा कालिका सेवा समाजले सुदूरपश्चिम प्रदेश सभा सदस्य अक्कल बहादुर रावललाई बधाई दिएको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचिनमा रावल अछाम क्षेत्र नं. २ को क बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

मंगलबार काठमाडौँको संवाद डबलीमा समाजले रावललाई बधाई तथा नयाँ कार्यकालको शुभकामना व्यक्त गरेको थियो । समाजका पदाधिकारी तथा सदस्यहरुले रावललाई खाँदा लगाएर सम्मान गरेका थिए ।

समाजका सदस्यहरुले रावललाई निर्वाचत क्षेत्रको साथै समग्र सुदूरपश्चिम प्रदेशका जनताको जनजीवनसँग जोडिएका समस्या र अपेक्षालाई सम्बोधन गर्न सुझाव दिएका थिए । युवा पंक्तिले सांसद रावलसँग ठूलो अपेक्षा गरेको भन्दै समाजका सदस्यहरुले त्यही अनुसार काम गर्न सुझाव समेत दिएका थिए ।

सांसद रावलले सबै सुझावले आफूलाई ऊर्जा प्रदान गरेको बताए । उनले पवित्र उद्देश्य राखेर समाजवको स्थापना गरिएकोमा खुशी व्यक्त गर्दै उद्देश्यमा निरन्तर अगाडि बढ्न सुझाव समेत दिए ।

“म जनयुद्धमा लाग्दै गर्दा सांसद वा नेता बनौंला भन्ने थिएन, संघर्ष र समयले यो जिम्मेवारी दिएको छ । मेरो देश र जनताको सेवा भन्दा अरु कुनै स्वार्थ छैन, तपाईँहरुका सुझावले मेरो यात्रालाई थप ऊर्जा प्रदान गरेको छ” सांसद रावलले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal