आज :

सेयर बजारले पनि स्वागत गर्यो नयाँ सरकारलाई

  • अनलाइन डबली

काठमाडौं । नयां सरकारलाई सेयर बजारले पनि स्वागत गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने निश्चितसँगै सेयर बजारले हरियो झण्डासहित स्वागत गरेको हो ।

पछिल्लो समय सामान्य अंकको उतारचढाव भइरहेको नेप्से यस दिन ५६.८६ अंक बढेर १९२४.०७ विन्दुमा बन्द भएको छ।

यस दिन कारोबारमा आएका २५० स्टकमध्ये २३२ स्टकको मूल्य बढेको छ भने १० स्टकको मूल्य घटेको छ। सोमबार कुल २५० धितोपत्रको ३८ हजार ५५३ वटा कारोबारबाट ५६ लाख ५३ हजार ५३ कित्ता सेयर किनबेच भएको छ । जसबाट २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार अन्य उपसूचक बाहेक सबै उपसूचकमा हरियाली देखिएको छ ।

यस दिन गुर्खाज फाइनान्समा सकारात्मक सर्किट लागेको छ । द्यौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सृजनसिल लघुवित्तको मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ भने नेपाल टेलिकमको सबैभन्दा धेरै ५.५६ प्रतिशतले मूल्य घटेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal