आज :

दुर्गा कालिका सेवा समाजको पहलमा संकलन सहयोग रकम बिरामीलाई हस्तान्त्रण 

  • अनलाइन डबली

नेपालगंज । दुर्गा कालिका सेवा समाजको पहलमा संकलन भएको सहयोग रकम पञ्चदेवल विनायक नगरपालिका-७ रिठा निवासी पारसदेवि विष्टलाई सहयोग रकम हस्तान्त्रण गरिएको छ । विष्ट केही दिन पहिले रुखबाट लडेर घाइते भएका थिए । उनको हाल नेपालगंज भेरी अस्पतालमा उपचार भइरहेको छ ।

घर नजिकै रुखमा घाँस काट्ने क्रममा लड्दा मेरुदण्डमा गम्भीर चोट लागेको थियो । त्यसपछि उपचारको अछामको बयलपाटा अस्पताल लगिएको थियाे तर उपचार हुन नसकेपछि थप उपचारको लागि नेपालगंज ल्याइएको थियो ।

समाजका सचिव कृष्णबहादुर रावल पहलमा सहयोग अभियान सुरु गरिएको थियो । हाल भारतमा रहेका केशर रावलको सक्रियतामा त्यहाँ रहेका नेपालीबाट सहयोग रकम संकलन गरेर सक्रियता देखाएका थिए ।

आज आइतबार अस्तपालमै पुगेर दिनेश रावलले उक्त रकम विरामीका अफन्तलाई हस्तान्त्रण गरेका छन् । अहिलेसम्म जम्मा भएको ३८ हजार रुपैयाँ आज हस्तान्त्रण गरिएको छ ।

जसमध्ये १४ हजार पाँच सय रुपैयाँ भारत र बाँकी नेपालमै संकलन भएको हो । भारतबाट सहयोग गर्नेमा कृष्ण राहेवल (केशर), तपेन्द्र रावल, हरिश रावल, मदन रावल, बम रावल, बखत रावल, बिर्ख रावल, पदम विष्ट, मदन न्याैपाने, भरत खत्री, तपेन्द्र खत्री रहेका छन् ।

त्यसैगरी नेपालमा रहेका दिपेन्द्र रावल, कृष्णबहादुर रावल, मकर रावल, भीम रावल, प्रेम रावल, लोकेन्द्र रावल, धनबहादुर रावल, सुरत रावल, पुरन रावल, तेज रावल, सुवास रावल, प्रतिक्षा सिवाकोटी रावल, मिना कुँवर रावल, प्रशान्त रावल, हिमाल रावल, भुपेन्द्र रावल, सुरत रावल, दिनेश रावल र हेमन्त रावलले सहयोग गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal