आज :

चिनियाँ राष्ट्रपति सी र रसिया पार्टीका अध्यक्ष दिमत्रीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • अनलाइन डबली

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ र युनाइटेड रसिया पार्टीका अध्यक्ष दिमित्री मेदभेदेवबीच भेटवार्ता भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव समेत रहेका राष्ट्रपति सी र रुसी नेता मेदभेदेवको चीनमा भेटवार्ता भएको हो । मेदभेदेव चीन भ्रमणमा रहेका छन् ।

दुबै पार्टीका प्रमुखबीचको भेटलाई चाँसोका साथ हेरिएको छ । भेटवार्तामा राजनीतिक आपसी विश्वासलाई थप सुदृढ बनाउनेबारे छलफल भएको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीकाे निमन्त्रणामा मेदभेदेव चीन भ्रमणमा आएका हुन् । भेटको क्रममा मेदभेदेवलाई राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनले आधुनिक समाजवादी देश निर्माण गर्ने तथा राष्ट्रको पुनर्जागरणलाई सबै पक्षमा अगाडि बढाउने लक्ष्य निर्धारण गरेको समेत जानकारी गराउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

भेटमा राष्ट्रपति सीले रुससँग सहकार्य गर्न चीन तयार रहेको बताउनुभयो । साथै दुई पक्षबीच शासन अनुभव, विकास रणनीतिलाई एकीकरण गर्ने र राजनीतिक दलहरूबीच अन्तर्राष्ट्रिय तथा बहुपक्षीय सहयोगलाई प्रवर्द्धन गर्ने विषयमा निरन्तर छलफल गर्ने समझदारी भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal