आज :

ह्वात्तै बढ्यो सहकारी बैंकको तरलता

  • पवित्रा दाहाल

काठमाडौं । राष्ट्रिय सहकारी बैँकको तरलता मंसिर माहिनामा ह्वात्तै बढेको छ । गत महिनाको तुलनामा मंसिर महिनाको तरलता झन्डै २० प्रतिशतले वृद्धि भएको छ ।

गत कात्तिकको तुलनामा मंसिरमा सहकारी बैंकको तरलता १९.८६ प्रतिशतले वृद्धि हुँदै ८ अर्ब ८ करोड १० लाख रुपैयाँ पुगेको हो । कात्तिकमा बैंकसँग ७ अर्ब ४८ करोड ६४ लाख तरलता रहेको थियो ।

यद्यपि, तरलतमा वृद्धि भएतापनि कात्तिकको तुलनामा बैंकको निक्षेप तथा कर्जा लगानी भने घट्न पुगेको छ ।

मंसिर महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै बैंकले ४० अर्ब ६८ करोड १० लाख रुपैयाँ बचत संकलन गर्दै ३४ अर्ब ७९ करोड ४८ लाख रूपैयाँ कर्जा लगानी गरेको जनाएको छ । गत कात्तिकमा बैंकले ४० अर्ब ७० करोड ७९ लाख बचत संकलन गरी ३५ अर्ब १० करोड २२ लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

बैंकको बचत संकलन घट्न थालेपछि पछिल्लो समय नयाँ कर्जा प्रवाह बन्द गर्दै असुलीमा जोड दिएको छ । कर्जा लगानी घटाएर बचत र ऋण असुलीमा प्राथमिकता दिएसँगै सहकारी बैंकको तरलतामा सुधार आएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal