आज :

बैंकहरुको लागि आयो खुसीको खबर, यसकारण स्प्रेडदरमा खुम्चियो राष्ट्र बैंक

  • पवित्रा दाहाल

काठमाडौं । बैंकहरुको नाफा घट्ने भएपछि राष्ट्र बैंक स्प्रेडदरमा खुम्चिएको छ ।

केन्द्रीय बैंकले बुधबार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ संशोधन गर्दै मौद्रिक नीतिले तोकेको औसत ब्याजदर अन्तर (स्प्रेडदर) असार २०८० बाटमात्र कार्यान्वयनमा जाने जनाएको हो ।

बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमास समीक्षा गर्दै वाणिज्य बैंकको साविकको ४.४ प्रतिशतको स्प्रेडदरबाट ०.४ प्रतिशत घटाउँदै ४ प्रतिशत र विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्ने जनाएको थियो तर, राष्ट्र बैंकले यस्तो नीति अर्को आर्थिक वर्षबाट मात्र लागू गरिने जनाएको छ ।

बरु, ०.४ प्रतिशतले स्प्रेडदर घटाउने आफ्नै निर्णयबाट पछि हट्दै राष्ट्र बैंकले चैतबाट ०.२ प्रतिशतसम्म मात्रै घटाउने जनाएको छ । एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै राष्ट्र बैंकले २०७९ चैत महिनाबाट बैंक तथा वित्त कम्पनीहरुले औसत ब्याजदर अन्तर क्रमशः ४.२ प्रतिशत र ४.८ प्रतिशत कायम गर्नुपर्ने बताएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal