आज :

रोनाल्डोकाे माग अनुसार पोर्चुगल मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त !

  • अनलाइन डबली

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा फाइनलमा प्रवेश गर्न नसकेपछि विवादमा परेका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई पोर्चुगल फुटबल महासंघले बर्खास्त गरेको छ। पोर्चुगल क्वाटरफाइनलमा मोरक्कोसँग पराजय भएको थियो ।

मुख्य प्रशिक्षक सान्तोस र कप्तान क्रिस्टियानो रोनाल्डोबीच मनमुटाव भएको थियो । रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोस निकै चर्चामा थिए। स्वीट्जरल्यान्ड विरूद्ध जित हासिल गरे पनि मोरक्कोविरुद्ध हार बेहोरेपछि उनको चर्को आलोचना भएको थियो।

६८ वर्षिय सान्तोसले ८ वर्ष पोर्चुगल राष्ट्रिय टोली सम्हालेका थिए। सन् २०१६ मा उनले पोर्चुगललाई युरो च्याम्पियन बनाए। यद्यपि उनको अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्नुनै प्रशिक्षकबाट हट्नुको प्रमुख कारण बन्यो।

यद्दपी सान्तोसले खेलपछि बोल्दै रोनाल्डोलाई नखेलाउने निर्णय गलत नभएको र राजीनामा पनि नदिने बताएका थिए। सन् २०२४ मा हुने युरोपेली च्याम्पियनसिप सम्मका लागि सम्झौतामा रहेका सान्तोसले राजीनामा दिनुपर्ने अवस्था नरहेको बताएका थिए।

‘एफपीएफ फर्नान्डो सान्तोस र उनको प्राविधिक टोलीलाई आठ अद्वितीय वर्षमा प्रदान गरिएको सेवाहरूको लागि धन्यवाद दिन्छ र यो धन्यवाद पोर्चुगल जनताको तर्फबाट भएको विश्वास दिलाउन चाहन्छ,’ पोर्चुगिज फुटबल संघले भनेको छ।

अब चाडै नै पोर्चुगिज फुटबल संघले अर्को राष्ट्रिय प्रशिक्षक छनोटको प्रक्रिया सुरू गर्ने भएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमहरूका अनुसार राेनाल्डाेले सान्ताेसलाइ कारवाहीकाे माग गरेका थिए । सान्ताेसकै कारण क्वाटरफाइनलकाे खेलमा पहिलाे हाफमा राेनाल्डाेलाइ खेल्न दिइएकाे थिएन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal