
काठमाडौं । रुसी सेनाले फेरि युक्रेनले राजधानी किभमा फेरि हमला गरेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बिस्फोटक पदार्थले भरिएका ड्रोनबाट हमला भएका थिए ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले हमला गरेको पुष्टि गर्दै दुई पटक गरी १३ वटा ड्रोनबाट हमला भएको बताए । किभका प्रमुख प्रशासक सेर्ही पोप्कोले हमलाबाट एउटा प्रशानिक भवन ध्वस्त भएको चारमाध्यमहरुलाई जानकारी दिएका छन् ।
रुसले हमलालाई विफल पारेको दाबी पनि पोप्कोले गरे ।
रुसको हमलाबाट युक्रेनको जनजीवन अस्तव्यस्त भएको छ । अहिलो जाडोको समय भएकाले विद्युत आपूर्ती बन्दले युक्रेनीहरु जीवनमरणको संघर्षमा रहेका छन् ।