आज :

२८ औँ महानगर दिवसको अवसरमा विभिन्न परम्परागत विधाका बाजा गुरुहरु सम्मानित ( फोटोहरु )

  • बुद्धशरण शाही

मंसिर २८ ,काठमाडौँ ।  काठमाडौँ महानगर पालिकाले  २८ औँ महानगर दिवसको अवसरमा परम्परागत विधाका बाजा गुरुहरुलाइ   समाजमा पुर्याएको योगदान बापत सम्मान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठबात महानगर भित्रका  ६३ टोलका विभिन्न बाजा गुरुहरुलाई  सम्मान पत्र प्रदान गर्नुभयो । यसै गरि  महानगर पालिका मेयर बालेन शाह तथा  उपमेयर सुनिता डंगोलले विभिन्न बाजा गुरुहरुलाई खादा ओडाई सम्मान गर्नु भयो ।
महानगरले परम्परागत बाजा समूह  धिमे बाजा , दाफा बाजा , नायखिं बाजा , धाःबाजा , पयता बाजाका  गुरुहरुलाई नगद सहित सम्मान गरिदै आएको छ ।

महानगरले यस वर्ष पनि वार्षिकोत्सव विशेष कार्यक्रमअन्तर्गत अनलाइनमार्फत सेवाग्राही सर्वेक्षण, बाजागाजामा युवाको रुचि बढाउन धिमे बाजा प्रतियोगिता, चित्रकला र निबन्ध लेखन, शिक्षकस्तरका वक्तृत्वकला प्रतियोगिताजस्ता कार्यक्रम गर्ने भएको छ ।

त्यस्तै विगतकै कार्यक्रमलाई निरन्तरता दिँदै कला प्रवद्र्धनको लागि प्रतियोगात्मक चित्रकला प्रदर्शनी, महिला, उद्यमी मेला, खुला क्षेत्रको सरसफाइ, स्वास्थ्य शिविर सञ्चालन, हाडीगाउँ सम्पदा महोत्सव, जनचेतनामूलक सडक नाटक, विपद्को कृतिम अभ्यास कार्यक्रलाई पनि समेट्ने प्रयास गरेको छ ।

दमकल सेवालाई विस्तार गरी घटनास्थलमा छिटो पुग्न सक्ने वातावरणका लागि बालाजु औद्योगिक क्षेत्रमा दमकल राखिने कार्यक्रमको पनि यही मङ्सिर २९ गते उद्घाटन गरिने भएको छ ।

विसं २०५२ मा मङ्सिर २९ गते तत्कालीन काठमाडौँ नगरलाई महानगर घोषणा गरेपछि हरेक वर्ष मङ्सिर २९ लाई महानगर दिवसको रुपमा मनाउने गरिएको हो ।

वि.सं १९७६ पुस २ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै काठमाडौँलाई महानगरका रुपमा विकास गरिँदै आएको छ ।

फोटोहरु –

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal